एजेन्सी,असार १ । युरो कप फुटबलमा स्लोभाकियाले रसियालाई पराजित गरेको छ । समूह बी अन्तरगत बुधबार भएको खेलमा स्लोभाकियाले रसियालाई २–१ गोल अन्तरले पराजित गरेको छ ।
स्लोभाकियाका लागि खेलको ३२ औँ मिनेटमा भ्ल्यालिमिर विसले गोल गर्दै अग्रता दिलाए । यस्तै खेलको ४५ औँ मिनेटमा ह्यामसिकले गोल गर्दै अग्रता दोब्बर पारे । रसियाका लागि ग्लुसाकोभले ८० औँ मिनेटमा गोल गर्दै केही आशा जगाएका थिए । खेलको अन्तिम समयतिर रसियाले स्लोभाकियालाई केही दवावमा राखेपनि थप गोल गर्न सकेन ।


0 comments:
Post a Comment