एजेन्सी,आसर २ । युरो कप फुटबलमा रोमानियाले स्विट्जरल्याण्डालाई बाराबरीमा रोकेको छ । बुधबार राति पेरिसमा भएको खेलमा एडमायार मेहमेदीको शानदार भलीको मदतमा स्विट्जरल्याण्डले रोमानियासँग १-१ को बराबरी खेलेको छ । रोमानियाका बोगडन स्टानकुले खेलको १८ औँ मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए ।
खेलमा हाबी भएपनि गोल गर्न भने स्विट्जरल्याण्डले ५७ औं मिनेटसम्म कुर्नु पर्यो । स्विट्जरल्याण्डका लागि अहमद मेहमेदीले ५७ औँ मिनेटमा गोल गर्दै खेल बराबरीमा पुर्याएका हुन् । जित हात पारेको भए स्विट्जरल्याण्डले नकआउट चरणमा प्रवेश गर्ने थियो । तर, अन्तिम खेलसम्म कुर्नु पर्ने भएको छ ।


0 comments:
Post a Comment