मानो रोपेर मुरी-पदम भट्टराई

By

असारे दिन
मानो रोपेर मुरी
फलाउने की ।

झरीको बेला
हलो जुवा काँधमा
रोपाई सुरु ।

तिल्के र तारे
ह ह मा ह गर्दै छ
किसान आज ।

खेतारीहरु
हिलोमा धान रोप्दै
छुपुमा छुपु ।

दब्दबे हिलो
हली र बाउसे ती
मितेरी गास्दै ।

0 comments:

Post a Comment