एजेन्सी । सुन्दै अचम्म र अपत्यारिलो प्रदर्शन हालै बेलायतको राजधानी लण्डनमा भएको छ । नांगै साईकल चलएको घटना । त्यो पनि एक पुरुष वा महिला ले नभई हुलका हुल सयौं महिला पुरुषहरुको नांगो साइकल र्याली । तर यसरी नांगो साइकल र्याली गर्नेहरुको माग भने सकारात्मकनै देखिएको छ । उनिहरुले वार्षिक रुपमा लण्डनमा कारहरुको माग बढेको र यसले वातावरणमा नराम्रो असर गरेको भन्दै साइकल चलाउने अभियान चलाएका हुुन् ।
साइकल र्याली मात्र गर्दा कसैले कुरा नसुनेको भन्दै सबैलाई आफ्ना माग सुनाउन नांगो साइकल र्याली आयोजना गरिएको आयोजकहरुको भनाई छ । कारका कारण वातावरण प्रदुषण बढेको र यसलाई कम गर्न साइकल चढ्नुपर्ने माग उनीहरुको रहेको छ । यो विरोधको सूरुवात सन् २००४ बाट सूरु भएको पाइएको छ ।
लण्डनमा बस्ने मानिसहरु कारको ज्यादा सौखिन भएपछि साइकल प्रति चासो बढाउन यस्ता कार्यक्रमहरुमा सहभागीता जनाएको सहभागीहरुले बताएका छन् ।
MARCH 08: Cyclists stop at an intersection in Carlton during the World Naked Bike Ride 2015 in Melbourne, Australia. The World Naked Bike Ride is an annual international clothing-optional bike ride in which participants ride together to peacefully protest issues including body image, cyclists safety and
alternative lifestyles. (Scott Barbour/Getty Images)


0 comments:
Post a Comment