एजेन्सी,जेठ ३० । इंग्ल्याण्डले युरो कप २०१६ मा निराशाजनक सुरुवात गरेको छ । प्रदर्शन गरेको छ । आइतबार विहान भएको खेलमा रसियाले इंग्ल्याण्डलाई १–१ को बराबरीमा रोकेको हो । समूह बी अन्तर्गत रहेका इंग्ल्याण्ड र रुस बीचको खेल इन्जुरी समयमा रुसका भासिली बेरेजुट्स्कीले गोल गरेपछि खेल बराबरीमा सकिएको हो ।
पहिलो हाफमा गोल रहित बराबरी भएको खेलमा ७३ औं मिनेटमा एरिक डिएरले २० यार्डबाट प्रहार गरेको फ्रि–किक गोलमा परिणत भएपछि इंग्ल्याण्डले सुरुवाति अग्रता लिएको थियो ।रुसका भासाली बेरोजोस्कीले खेल सकिन २ मिनेट बाँकी छँदा गोल गरेपछि खेल बराबरीमा सकियो । वायने रुनीले खेलमा राम्रो प्रदर्शन गरे पनि गोल भने गर्न सकेनन् ।
योसहित नवौं पटक युरोकपमा सहभागिता जनाएको इंग्ल्याण्डले अहिलेसम्म सुरुको खेल जितेको छैन । इंग्ल्याण्डले अब बिहीबार वेल्ससँग खेल्ने छन् ।


0 comments:
Post a Comment