कोपा अमेरिका : २१ वर्षपछि अमेरिका क्वाटरफाइनलमा

By

एजेन्सी,जेठ ३० । पाराग्वेलाई अमेरिका २१ वर्षपछि कोपा अमेरिका फुटबलको क्वाटरफाइनलमा पुगेको छ । आइतबार बिहान फिलाडेलफियामा भएको खेलमा पाराग्वेलाई १–० ले हराएर अमेरिकाले क्वाटरफाइनलमा पुगेको हो ।
खेलमा बलमा नियन्त्रण बढी भएपनि पाराग्वेले गोल भने गर्न सकेन र अमेरिका सफल भयो । अमेरिकाको जितमा २७ औं मिनेटमा क्लिन्ट डेम्प्सीले गरेको गोल नै निर्णायक बन्यो । अमेरिका सन् १९९५ पछि कोपा अमेरिकाको क्वाटरफाइनलमा पुगेको यो पहिलो पटक हो । समूह एमा रहेको अमेरिका समूह चरणका तीन खेलमा दुई विजयी भयो भने एकमा हार्‍यो । पहिलो खेलमा बोलम्बियासँग २–० ले हारेको अमेरिकाले दोस्रो खेलमा कोस्टारिकालाई ४–० ले हराएको थियो । प्रतियोगिताबाट बाहिरिएको पाराग्वे दुई खेलमा पराजित भयो भने एकमा बराबरीमा रोकियो ।

0 comments:

Post a Comment