मालवाहक कन्टेनर निर्वाध रूपमा सञ्चालन गर्न सडक सुधार गरिदै

By

रसुवा, बैशाख ३१ ।  रसुवागढि नाकाबाट सञ्चालन हुदै आएका मालवाहक कन्टेनर अव घण्टौ जामको समस्याबाट मुक्त हुने भएका छन । पासाङ ल्हामु राजमार्ग अन्तरगत राम्चे–सोले सडक खण्ड अन्तरगत मुलखर्कको पहिरोमा कन्टेनर उक्लन नसक्दा दैनिक जसो सवारी साधन घण्टौ जाममा पर्दै आएका थिए । भुकम्पका कारण क्षतिग्रस्त सडकको मर्मत तथा सुधार कार्यक्रम अन्तरगत सडक डिभिजन कार्यलय नुवाकोटले ५ करोडको लागतमा मुलखर्कबाट कार्य सुरू गरेको हो ।

सवारी दुर्घटना तथा घण्टौ सवारी जाम बढ्न थालेसँगै सडक सुधारको कार्यलाई तिव्र गतिमा अघि बढाइएको डिभिजन प्रमुख रोहित कुमार विश्सुरालले वताउनुभयो । विश्सुरालका अनुसार ढिलो गरेर रकम निकासा भएकाले असार सम्ममा योजना सम्पन्न गर्न चुनौती रहेको छ । योजना अन्तरगत पहिरो गएको स्थानमा ग्याविन वाल लगाउने, मेसनरी वाल लगाउने, कालोपत्रे गर्ने, पाइप राखेर पानी कटाउने लगायतका कार्य गरिने छ । आवश्यकता अनुसार साँघुरो सडकलाई फराकिलो पारेर कन्टेनरलाई निर्वाध रूपमा सञ्चालन गर्ने कार्यलयको लक्ष्य छ ।

सिन्धुपाल्चोकको तातोपानी नाका वन्द भएपछि रसुवागढि नाका भएर सयौको सङ्ख्यामा मालवाहक सवारी साधन सञ्चालन भैरहेका छन । मालवाहक कन्टेनर निर्वाध रूपमा सञ्चालन भैरहेको र पर्यटकको आवागमन बढेसँगै सडक स्तरन्नोती गर्नु पर्ने टड्कारो समस्यालाई मध्ये नजर गर्दै जिल्ला प्रशासन कार्यलय रसुवाले सम्वन्धीत विभाग, मन्त्रालय र डिभिजन कार्यलयलाई पत्राचार गरेपछि सुधारको कार्य अगाडी बढेको हो ।
बर्खाको समयमा पनि सवारी साधन निर्वाध रूपमा सञ्चालन गर्न जिल्लामा रहेका जलविद्युत आयोजना र सडक डिभिजन कार्यलय नुवाकोटसँग समन्वय गरेर स्काइभेटर राखिने प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद अधिकारीले वताउनुभयो । अधिकारीका अनुसार डिभिजन कार्यलय नुवाकोटबाट आवश्यक समन्वय तथा सडकका कार्यलाई तत्काल सम्वोधन नहुने समस्या बढेपछि जिल्लामा सम्पर्क कार्यलय राख्न पटक पटक आग्रह गर्दा पनि सम्वोधन भएको छैन ।
भन्सार कार्यलय रसुवाका अनुसार दैनिक ५० लाख देखि १ करोड रूपँयासम्म राजश्व संकलन हुने गरेको छ । दैनिक सयौको सङ्ख्यामा मालवाहक सवारी साधन आवतजावत गरिरहेका छन ।

0 comments:

Post a Comment