एजेन्सी,बैशाख २९ । इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडका खेलाडीको गाडीमा वेष्ट ह्यामका समर्थकले आक्रमण गरेका छन् । वेस्ट ह्यामविरुद्ध प्रिमियर लिग अन्तरगतको खेल खेल्न अप्टन पार्क पुगेका म्यान्चेस्टर युनाइटेडका खेलाडीमाथि आक्रमण भएको छ । खेल अघि युनाडेटका खेलाडी चढेको गाडीमा वेष्ट ह्यामका समर्थकले बोतल तथा रंगशालको कुर्सीले आक्रमण गरेका हुन् ।
आक्रमणबाट गाडीको सिसा चकनाचुर भएको थियो । फुटबल एसोसिएसनले आक्रमणको निन्दा गरेको छ । वेष्ट ह्यामका समर्थकले गरेको आक्रमणका विषयमा छानविन गरिने एफएले जनाएको छ । उक्त घटनाका कारण खेल ४५ मिनेटले ढिला शुरु भएको थियो । खेलको दौरान पनि युनाइटेडका खेलाडीमाथि बोतल प्रहार गरिएको थियो । वेस्ट ह्यामले उक्त मैदानमा अन्तिम खेल खेलेको छ । खेलमा युनाइटेड ३–२ ले हार्यो । वेष्ट ह्यामका समर्थकले युनाइटेडका गोल रक्षक डेविड डी हेयालाई लक्षित गरेर आक्रमण गरेका थिए ।


0 comments:
Post a Comment