बार्सिलोनालाई ला लिगाको उपाधि,स्वारेजको ह्याट्रिक

By

एजेन्सी,जेठ १ । लुइस स्वारेजको ह्याट्रीकको मद्दतले बार्सिलोनाले यस सिजनको ला लिगा उपाधि जितेको छ । शनिवार राती भएको खेलमा बार्सिलोनाको जितमा स्वारेजले तीन गोल गरे । स्वारेज एक्लैको ह्याट्रीकको मद्दतमा बार्सिलोना ग्रनाडालाई गोल रहित बराबरीमा रोक्दै बिजयी हुन सफल भएको हो ।

रियल र बार्सिलोना दुवैको लागि जित र गोल अन्तर समेत चाहिएको खेलमा बार्सिलोनाले बाजी मार्दा दुई गोल सहित डिप्रोटिभो डी ला कोरुनालाई हराउन सफल भएपनि रियल मड्रिड उपाधि चुम्नबाट चुक्यो ।

रियलको लागि दुवै गोल क्रिष्टियानो रोनाल्डोले गरे । उनले खेलको पहिलो हाफमा नै दुई गोल गरेका थिए । खेलको ७ र २५ औं मिनेटमा गोल गरेपनि थप गोल गर्न नसक्दा खेल जितेर पनि रियल उपाधि होडमा उप बिजेतामै सिमित बन्न पुग्यो ।

बार्सिलोनाले लालिगा कप उचाल्दा नायक बनेका लुईस स्वारेजले खेलको पहिलो हाफमा दुई र खेलको अन्तिम समयमा थप एक गोल गरे । स्वारेजले खेलको २२ र ३८ तथा खेलको ८६ औं मिनेटमा थप एक गोल गर्दै खेलको छिनोफानो सहित ह्याट्रीक बनाए । स्वारेजले यो सिजनमा मात्रै आजको खेल सहित २३ गोल गरेका छन् ।

0 comments:

Post a Comment