सरकारविरुद्ध संघीय गठबन्धनको काठमाडौंमा शक्ति प्रदर्शन

By

काठमाडौं,जेठ १ । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासहितको संघीय गठबन्धनले काठमाडौंमा सरकारविरुद्ध प्रदर्शन गरेको छ। तत्कालीन राज्य पुनर्संरचना आयोगको प्रतिवेदनलाई बेवास्ता गरेर प्रदेशको सीमांकन गरी संविधान बनाइएको विरोधमा गठबन्धनले शनिबार काठमाडौंमा शक्ति प्रदर्शन गरेको हो ।

शान्तिवाटिकाबाट सुरु भएको गठवन्धनको प्रदर्शन भद्रकाली, सहिदगेट, सुन्धारा, न्युरोड, असन हुँदै भोटाहिटीसम्म पुगेको थियो । प्रदर्शनका क्रममा गठबन्धनमा आवद्ध दलका नेता तथा कार्यकर्ताले सरकार विरोधी नारा लगाएका थिए । तत्कालीन राज्य पुनर्संरचना आयोगको प्रतिवेदनलाई बेवास्ता गरेर प्रदेशको सीमांकन गरी संविधान बनाइएको विरोधमा गठबन्धनले शनिबार काठमाडौंमा प्रदर्शन गरेको हो।

0 comments:

Post a Comment