संघीय गठबन्धको सिंहदरबार केन्द्रित आन्दोलनमा देखिएको ११ तस्विरहरु

By

काठमाडौं,जेठ २ । मधेसी दलसहितको संघीय गठबन्धनले आज सिंहदरबार घेराउ गरिरहेको छ । गठवन्धनमा आवद्ध दलहरुले सिंहदरबार आउने विभिन्न नाकाहरुमा जम्मा भएर अवरोध गरिरहेका छन् । घेराउका कारण काठमाडौंको ट्राफिक व्यवस्था अस्तव्यस्त भएको छ ।

सिंहदरबार आसपासका क्षेत्रमा गाडी चलाउन रोक लगाइएको छ भने चक्रपथ हुँदै भित्री बाटो माइतीघर, त्रिपुरेश्वर थापाथली, कालिमाटी कलंकी चल्ने गाडीलाई चक्रपथकै रुटमा डाइभर्सन गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

गठबन्धनका कार्यकर्ताले बिहान एउटा सरकारी जीपमा तोडफोड गरेका छन् । बा १ झ ३६१० नम्बरको सरकारी जीप तोडफोड भएको हो । माइती घर मण्डला क्षेत्रमा निषेधित क्षेत्र तोड्न खोज्दा प्रहरीले लाठीचार्च गरेको छ । त्यसक्रममा केही प्रदर्शनकारी घाइते भएका छन् । संविधानप्रति असन्तुष्टि जनाउँदै आएको गठबन्धनले यसअघि ६ महिनासम्म तराईमा आन्दोलन गर्दा पनि माग पूरा नभएको भन्दै काठमाडौं केन्द्रित आन्दोलन थालेको हो ।

13238918_1212669095423348_252804028604753810_n

13239261_1212670595423198_4550579218205729933_n

13173918_1212670945423163_8178730277204980864_n

13177247_1212670218756569_4229554966291111938_n

13177826_1212669828756608_6338235246646834763_n

13178904_1212671065423151_721144574969243278_n

13221762_1212670572089867_8131441682191732269_n

13226647_1212669048756686_2771741184861819524_n

13226714_1212670868756504_8831172812251825226_n

13227102_1212671185423139_3273229923686354794_n
तस्विर: आङकाजी शेर्पाको फेसबुकवाट

0 comments:

Post a Comment