पाँच हजार तिर्नुस्, मासिक चार हजार पाउनुस्

By

काठमाडौं,बैशाख २२ । सरकारले कृषि पेसा मर्यादित बनाउन किसानलाई पेन्सन दिने प्रस्ताव गरेको छ ।
पेन्सन सुविधान कार्यान्वयनमा आएपछि कृषितर्फ युवापुस्तासहित अन्य किसानलाई प्रोत्साहन गर्न सघाउने सरकारको योजना छ । कृषि विकास मन्त्रालयले मंगलबार पेन्सन वितरण सम्वन्धी प्रारम्भिक चरणको प्रस्ताव सार्वजनिक गरेको छ ।

मन्त्रालयले किसान पेन्सनका लािग आवश्यक कार्ययोजनासहितको प्रस्ताव तयार गर्न डा. हरि रोक्कालाई जिम्मेवारी दिएको थियो । रोक्काले तयार पारेको प्रस्तावअनुसार किसानले वार्षिक पाँच हजार रुपैयाँ पि्रमियम बापत जम्मा गरे ५५ वर्षपछि मासिक चार हजार रुपैयाँ पेन्सन वापत प्राप्त हुने प्रारम्भिक योजना तयार पारेको छ । डा. रोक्काले किसानले चार ववर्गमा बाँडेर पेन्सनको सुविधा उपलव्ध गराउने योजना तयार पारेका आजको अन्नपूर्णमा समाचार छ ।

0 comments:

Post a Comment