दैलेख,बैशाख २१ । श्रीमतीको शरिरमा मट्टितेल खन्याई आगो लगाएर हत्या गरेको आरोपमा दैलेख रातोमाटे–१ बस्ने राजु नेपालीलाई प्रहरीले पक्राउ गरेको छ । नेपालीले गत बैशाख १५ गते आप्mनै १९ वर्षीया श्रीमती अनिशा नेपालीको शरीरमा मट्टितेल खन्याई आगो लगाएका थिए ।
जलेर गम्भीर घाइते भएकी अनिशालाई स्थानीय अस्पताल हुँदै बैशाख १७ गते थप उपचारको लागी शिक्षण अस्पताल महाराजगंज काठमाडौँ लगिएकोमा सोमबार उपचारको क्रममा मृत्यु भएको थियो ।


0 comments:
Post a Comment