टेलियासोनेराको रहस्यमय विमान काठमाडौंमा

By

काठमाडौं,जेठ १ । एनसेल कर विवाद सल्टिएको भए पनि स्विडेनको बहुचर्चित टेलिकम संस्था टेलियासोनेराले मलेसियास्थित एक्जिक्टा कम्पनीलाई आफ्नो कम्पनी बेच्ने क्रममा गरेका केही रहस्यमय गतिविधिबारे जानकारी प्राप्त भएका छन् । प्राप्त जानकारी अनुसार माघ ८ गते शुक्रबार अबेर त्रिभुवन विमानस्थलमा एउटा प्राइभेट जेट (फ्लाइट नम्बर जेईएफ ३३) अवतरण गर्यो । त्यसमा सवार थिए टेलियासोनेराका बरिष्ठ अधिकारी र एनसेल ग्रुपका कार्यकारी प्रमुखजोहन डेनलिन्ड ।

त्यो विमानको अवतरण र प्रस्थानलाई लिएर अहिले छानबिन हुन लागेको एक उच्चस्तरीय सरकारी अधिकारी स्रोतले बतायो । विमान फिनल्याण्डबाट भाडामा ल्याइएको थियो र बाकु अजरबैजानमा रिफ्युल गरिएको थियो । उक्त टोलीले राजनीतिक तथा प्रसाशनीक तहमा भेटघाट गरेको थियो । त्यही दिन मलेसियाबाट काठमाडौं एक्जिटाका कार्यकारी प्रमुख जमालुद्दिन अब्राहम पनि एनसेलका स्थानीय सेयरहोल्डर सतिष आचार्यद्वारा समन्वय गरिएका ती बैठकमा सामेल थिए । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।

0 comments:

Post a Comment