पप्पु गुरुङ्ग- दोधरा,बैशाख २७ । सामाजिक सुरक्षा कार्यमा कञ्चनपुरको दोधारा चाँदनी किशोर, किशोरीहरु एदाहरण बन्न थालेका छन् । बिद्यालय पछिको खाली समयमा दोधारा चाँदनी किशोर, किशोरीहरु सामजिक कार्य समेत गर्न थाले पछि स्थानियबासीहरु च्कित पर्न थालेका छन् । दोधारा चा“दनी नगरपालिका वडा नं. ७ स्थित रहेको जगबुडा नदीमा आज दोधारा चाँदनीका किशोर, किशोरीहरुले जिर्ण बनेको झोलुङ्गे पुल मर्मत गरेपछि स्थानियहरु तिनछक्क पेरका हुन् । १४ देखि १५ वर्ष उमेरका कलिला हातले जगबुडा झोलुङ्गे पुलको फुस्केको नट कस्ने, टुटेका प्लेट मर्मत गरेर जडान गर्ने गरेपछि आवत जावत गर्ने स्थानियहरु स–साना वालवालीकाहरुको काममा सघाएका थिए ।
“३–४ दिन अघि मात्र साथीहरु संग सरसल्लाह गरेर पुल मर्मत गर्ने निर्णय गरेका हौं” एक किशोर मनोज कार्कीले बताए । कसैले पुल निमार्णमा चाँसो नदेखाएपछि वालवालिकाहरुले स्थानिय श्रोत साधन उपयोग गरेर मर्मत गर्ने निधो गरेको अर्का किशोर पवन बहेक क्षेत्रीले बताए । उनिहरुले फुस्कीएको नटबोल्ट कस्ने, टुटेका प्लेटहरु लाई बिल्डिङ्ग गर्ने गरेका छन् । असहज बन्दै आएको पुलको मर्मत स–साना नानीहरुले गरे पछि आवात जावत गर्ने स्थानियहरु पनि लाजैले उनिहरुलाई मर्मत कार्यमा सघाउन थालेका बताईएको छ् । दोधारा चा“दनीमा बिभिन्न संघ संस्थाहरुले युवा तथा युवा लक्षित तालिम, गोष्ठी तथा सेमिनार संचालनमा ल्याएका परिणाम स्वरुप सामाजिक कार्यमा किशोर किशोरीहरु उन्नमुख हुदै आएको स्थानियहरुले अड्कल काट्न थालेका छन् । आज १ सय २५ मिटर लामो दोधारा चाँदनीको जगबुडा नदी माथी रहेको झोलुङ्गे ३ घण्टा लगाएर मर्मत गरेको उनिहरुले बताएका छन् ।
मर्मत कार्यमा स्थानिय किशोरहरु पवन बहेक क्षेत्री, मनोज कार्की, बादल थापा, शिव प्रसाद उपाध्याय् प्रमुख रहेका थिए । स–साना भाई बहिनीहरुले गरेको सामाजिक कार्यमा उन्नमुख भएको र उनिहहरुको कदर गर्दै समाजले पाठ सिक्नु पर्ने गृह मन्त्रालय तथा युएनडिपीको साझेदारीमा संचालित परियोजना सशस्त्र हिंसा न्युनिकरण तथा सामुदायिक सुरक्षा सबलिकरण परियोजनाका सहजकर्ता अमिर तिरुवाले बताउनुभएको छ् । सामाजिक कार्यमा वालवालिकले गरेको योगदानले समामाजले सकारात्मक पाठ सिक्दै सामजमा हुने सम्पुर्ण असजिलो कार्यमा नानीहरुले आजको सकारात्मक कार्यले नया“ आयाम थपेको राजनितिकर्मी किशोर कुमार लिम्बुले जानकारी दिएका छन् ।


0 comments:
Post a Comment