भीमदत्तनगर,वैशाख ५ । दुई महिनाअघि हराएकी बालिकाको माइती नेपाल कञ्चनपुरले भारतको हिमाञ्चल प्रदेशबाट उद्धार गरेको छ । भीमदत्तनगरपालिका–८ की १२ वर्षीया बालिका दुई महिनाअघि हराएकी थिइन् । माइती नेपालले भारतीय प्रहरीको सहयोगमा हिमाञ्चल प्रदेशको होल्हाल, पोण्डा भन्ने स्थानबाट बालिकाको उद्धार गरेको माइती नेपाल कञ्चनपुरका संयोजक महेश्वरी भट्टले बताईन् । हराएकी बालिका नभेटाएपछि गत चैतमा माइती नेपालमा समेत खोजीका लागि परिवारजनले निवेदन दिएका थिए । ‘फोन लोकेसनबाट बालिकाको उद्धार सहज भएको हो,’ संयोजक भट्टले भनिन् – ‘हामीलाई भारतीय प्रहरी र त्यहाँका विभिन्न मानव बेचबिखनविरुद्धका सङ्घसंस्थाले पनि उद्धारमा सघाए ।’


0 comments:
Post a Comment