काठमाडौं,बैशाख ५ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डबीच भेटवार्ता भएको छ । आइतबार विहान प्रचण्ड निवास लाजिम्पाटमै पुगेर पौडेलले भेट गरेका छन् । भेटमा पछिल्लो राजनीतिक अबस्थावारे कुराकानी भएको हो । प्रचण्डको सचिवालयले जारी गरेको प्रेस नोटमा दुई नेतावीच संविधान कार्यन्वयनको विषयमा छलफल भएको उल्लेख छ ।
नेपाली कांग्रेससहितको राष्ट्रिय सरकार गठन गर्नुपर्ने नेताहरु बताइरहेकाबेला पौडेल प्रचण्डलाई भेट्न लाजिम्पाट पुगेका छन् । संविधान कार्यान्वयनको चुनौती अहिलेको मुख्य विषय भएकाले सबै दलबीच सहमति गरेर अघि बढ्नुपर्नेबारेमा दुई नेताबीच छलफल भएको लाजिम्पाट स्रोतले बताएको छ ।
संविधान कार्यान्वयनका लागि राष्ट्रिय सहमति र राष्ट्रिय सहमतिका लागि राष्ट्रिय सरकार गठन गर्नुपर्ने प्रचण्डले पौडेलसमक्ष प्रस्ताव राखेका छन् । प्रचण्डको प्रस्तावमा पौडेल छलफल गरेर अघि बढ्न सकिने बताएका छन् ।
एमाओवादी अध्यक्ष प्रचण्डले संविधान कार्यान्वयन सबैको चुनौति भएकाले यसमा सबै लाग्नुपर्नेमा जोड दिए । जवाफमा पौडेलले नेपाली कांग्रेसकै नेतृत्वले संविधान जारी गरेकोले कार्यान्वयन गर्ने दायित्व पनि आफ्नो पार्टीको भएको बताए । सबै मिलेर संविधान कार्यान्वयन गर्नुपर्नेमा उनले जोड दिए ।
लामो समयको आन्दोलनपछि रोकिएको मधेसको आन्दोलन पुनः चर्काउने मधेसवादी दलहरुले तयारी गरेपछि मधेस समस्या समाधान गरेर अघि बढ्नुपर्नेबारेमा पनि दुई नेताबीच छलफल भएको छ ।


0 comments:
Post a Comment