संविधान झल्किने सिक्का तयार, सुन्धाराबाट सबैले किन्न पाउने

By

काठमाडौं,चैत २५ । नेपाल राष्ट्र बैंकले नयाँ संविधान झल्किने सिक्का बजारमा ल्याएको छ । उक्त सिक्का टक्सार विभाग सुन्धाराबाट किन्न पाइने व्यवस्था गरेको आजको नागरिक दैनिकले जनाएको छ । सरकारले असोज ३ गते संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएको ऐतिहासिक अवसरमा उक्त रिक्का निष्कासन गर्ने निर्णय गरेको थियो ।

राष्ट्र बैंकले गत भदौ ४ गते बसेको सञ्चालक समितिको बैठकले नयाँ संविधानको खुसियालीमा दुई हजार रुपैयाँको चाँदीको सिक्का र एक सय रुपैयाँ अंकित दरका क्युप्रोलिन धातुको स्मारिका सिक्का निष्कासन गर्ने निर्णय गरेको थियो । सोही अनुसार सिक्का निष्कासन गरिएको राष्ट्र बैंक टक्सार महाशाखा प्रमुख विनोदकुमार तन्डुकारले बताए ।

सय रुपैयाँको क्युप्रोनिकेल धातु र दुई हजार रुपैया दरको चाँदीको सिक्काको अग्र भागमा नेपालको संविधान अंकित भएको पुस्तकको चित्र र पुस्तकको चित्रभन्दा तल २०७२ लेखिएको छ ।
सिक्कको पछाडिको भागमा सर्वोच शिखर सगरमाथाको चित्र तथा सो भन्दा माथि आंग्रेजीमा नेपाल राष्ट्र बैंक अंकित छ ।

0 comments:

Post a Comment