नेविसंघको महाधिवेशनको मिति तत्काल घोषणा गर्न देउवाको निर्देशन

By

काठमाडौं,बैशाख १९ । नेविसंघको महाधिवेशनको मिति तत्काल घोषणा गर्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले निर्देशन दिएका छन्। सभापतिमा निर्वाचित भएको दुई महिनापछि देउवाले आइतबार बिहान नेविसंघ अध्यक्ष रन्जित कर्ण र नेता ऋणिकेश जंग शाहलाई आफ्नै निवासमा बोलाएर अधिवेशनको मिति तोकेर तयारी थाल्न निर्देशन दिएका हुन्। नेविसंघको अधिवेशनको मिति पटक पटक तोकिएपनि स्थगित हुँदै आएको छ।

नेविसंघको अधिवेशन विगत ८ वर्षदेखि हुन सकेको छैन। तत्कालीन अध्यक्ष प्रदीप पौडेलले राजीनामा दिएपछि ६ महिनाभित्र अधिवेशन गराउने म्यान्डेटसहित रन्जित कर्णलाई जिम्मा दिइएको थियो। तर नेविसंघमा दुई पक्षवीचको विवादका कारण अधिवेशन हुन सकेको छैन।

0 comments:

Post a Comment