सल्यान वैशाख १६ । एकै परिवारको ४ जनाको हत्या गरेको आरोपमा सल्यान प्रहरीले संजय भारतीलाई पक्राउ गरेको छ । हत्यारालाई अनुसन्धानका लागि मध्य पश्चिम क्षेत्रीय प्रहरी कुकुर शाखा कोहलपुरबाट गएको ‘भुन्टी’ नाम गरेको कुकुरले पक्राउ गरेको हो ।
मंगलबार राती छाँयाक्षेत्र गाविस ९ रानागाँउका सिता खाँण, उनका २ जना छोरी र बहिनीको हत्या गरेको आरोपमा भारतीलाई पक्राउ गरिएको हो । आफ्नै कोठामा सुतिरहेको अवस्थामा सिता खांण उनको छोरीहरु साढे २ वर्षकी पवित्रा, ११ महिनाकी सविता खांण र खांणको वहिनी शारदा नपा- ८ मार्के घर भई साथमै वस्दै आईरहेकी १८ वर्षकी गिता गिरीलाई गाईवस्तु बाध्ने काठको किलोले टाउकोमा प्रहार गरी मारेको अभियोगमा उनलाई पक्राउ गरिएको हो । प्रहरीसँगको बयानमा उनले आफूले नै हत्या गरेको स्वीकारेका छन्।


0 comments:
Post a Comment