यूराेपियन साम्राज्यवादीहरूकाे दाेहाेराे चाल-भरत दाहाल

By

यूराेपीयनहरूले नेपालमा “दाेहाेराे गेम” खेल्दैछन्। माेदिस.ग मिलेर नेपाल विरूद्ध तिनीहरूले जारि गरेकाे वक्तयलार्इ नेपालस्थित इयूकि राजदूतले अाफूसंग “संपर्क गरेर नदिएकाे” र नेपालकाे संविधानलार्इ पूरै इयूले पहिले नै स्वागत गरिसकेकाे धारणामा कुनै परिवर्न नभएकाे भनि दिएकाे सफार्इ तिनीहरूले श्रीलंकामा खेलेकाे भूमिकाकाे नक्कल हाे ।

श्रीलैकामा भारतीयह्रूले तामिलहरूलार्इ संगठित गरेर सुरू गराएकाे विद्राेहमा मानव अधिकार हनन भएकाे जाँचबुझ गर्नुपर्ने बहाना बनाएर यूराेपीयनहरू घुसेपछि साे द्वन्दले जातिय सफायाकाे रूपमा विकास गरेकाे थियाे। इयूकाे तर्फबाट तामिलहरूलार्इ डलरकाे खाेलाे बगाउने देश नर्वे हाे।

अहिले तिनीहरूले तराइकाे वितण्डामा अाँखा गाडेका छन्। “जनजाति” समुदाय अाफ्नाे रूची बमाेजिम परिचालित हुन संभव नदेखेपछि तिनीहरूले भारतीय हस्तक्षेपलार्इ हत्कण्डाका रूपमा प्रयाेग गर्ने रणनीति संगठित गरेका छन्। यस तथ्यलार्इ लुकाउनका लागि नेपाल स्थित इयूकि राजदूतकाे प्रष्टिकरण अाएकाे हाे। यस मामिलामा अमेरीका नाटकिय रूपमा माैन रहेकाे छ। अा्फ्नाे षडयन्त्र छरपष्ट नहाेस् भन्ने उद्देश्यले अमेरीकिहरूले माैनताकाे नाटक देखाएका हुन्। भारतीयहरूकाे तल्लाेस्तरकाे चरित्रलार्इ सजिलैसंग उपयाेग गर्न सकिन्छ भन्ने तिनीहरूकाे बुझार्इ छ। यिनीहरूकाे पर्दाफास गर्न छाेड्नु हुनँदैन।

0 comments:

Post a Comment