एजेन्सी । भारतको पश्चिम बङ्गला स्थित एक कलेजमा काननु पढ्दै गरेकी युवती पढाई खर्च जुटाउन यौनकर्मी बन्न बाध्य भएकी छिन् । पुलिसले पक्राउ गरेपछि उनको यो रहस्य बाहिर आएको हो ।
उनले रायपुरका एक व्यक्तिले पढाई पुरा गर्न आर्थिक सहयोग गर्ने बहानामा बोलाएर जबरजस्ती करणी गरि यस्तो बाटोमा धकिलिदिएको रहस्य खुलेको छ । २४ वर्षिया उक्त युवतीले एलएलबी तह ८ अप्रिलमा सकेकी थिइन् । त्यसपछि उनी थप कोर्ष पुरा गर्न चाहान्थिन् । घरको आर्थिक अवस्था मजबुत नभएकाले उनले उक्त कोर्श पढ्न पाएकी थिइनन् । उनले आफ्नो चाहाना परिवार र साथीहरुलाई भनेकी थिइन् । तर उनको समस्या हल भएन ।
त्यसपछि रायपुरका फिरोज चौधरी नाम गरेका एक व्यक्तिले उनलाई सहयोग गर्ने आश्वास दिए । त्यसपछि उनी १५ अप्रिलमा चौधरीको घरमा पुगेको समाचारमा उल्लेख छ । फिरोज चौधरीले सुरुको एक दुई दिन उनीसँग पढाईको कुरा गरे । त्यसपछि सेक्स वर्कर बन्ने अफर गरे । युवतीले सुरुमा इन्कार गरिन् तर फिरोजले धम्काएपछि उनी बन्न बाध्य भइन् । त्यसपछि प्रति ग्राहक पाँच हजार उनको रेट तोकियो । त्यसपछि १७ अप्रिलदेखि २३ सम्म उनले ६ जनासँग यौन सम्बन्ध गरे । जस मध्ये दुई जनाको पैसा फिरोजले लिए । अरु पैसा माग्दा फिरोजले उनलाई धम्काउँन थाले । घर जाने कुरा गर्दा मारिदिने धम्की दिए ।
फिरोजले उक्त युवतीलाई होटल पुनीतको कोठा नम्बर ६०३ मा बन्धक बनाएर जबरजस्ती यौन व्यवसायमा धकेलिलिएकी थिइन् । होटल पुनीतको कोठा नम्बर ६०३ मा सेक्स रेकर्ड चलिरहेको छ भन्ने खबर पाएपछि पुलिसहरु उक्त स्थानमा पुगे । उक्त स्थानमा युवती मात्रै फेला पारे । युवतीका साथ कलेजको परिचय पत्र र केही कानुनका किताव फेला पारे । त्यसपछि युवतीको उद्धार गरिएको समाचारमा उल्लेख छ ।
-www.khabardabali.com


0 comments:
Post a Comment