भारतको बरौनीबाट ग्यास आयात फेरी रोकियाे

By

काठमाडौं,फागुन १९ । भारतवाट नेपालतर्फको आईरहेको ग्यास आयात फेरी प्रभावित बनेको । भारतको बरौनीस्थित ग्यास उद्योगमा प्राविधिक समस्या आएपछि नेपाल भित्रिदै आएको ग्यास आयत प्रभावित बनेको हो । यस अघि मधेसीमोर्चाको बन्दको कारण लामो समय सम्म प्रभावित बनेको ग्यास आयत प्रधानमन्त्री ओलीको भारत भ्रमणसँग केहि खुकुलो बन्दै गएको थियो ।

प्रविधिक समस्या आएसँगै भारतको बरौनीस्थित ग्यास उद्योगले नेपाल आयल निगमबाट प्राप्त कोटाअनुसार ग्यास उपलब्ध गराउन नसक्ने देखिएपछि बजारको मागअनुसार वितरणमा समस्या हुने देखिएको हो । बरौनीबाट मासिक ३९ बुलेट ग्यास ल्याउने गरेको तर फेब्रुअरी महिना सकिन लाग्दा जम्मा २५ बुलेट मात्र आयात भएको छ । उद्योगले हल्दिया र मथुराबाट पनि ग्यास ल्याउने गरेकामा अहिले त्यहाँबाट पनि परिमाणअनुसार प्राप्त नभएको जनाएको छ । पूर्वमा सञ्चालित आठवटा ग्यास उद्योगले बरौनी, हल्दिया र मथुराबाट ग्यास आयात गर्छन् ।

0 comments:

Post a Comment