कांग्रेस सभापतिको मत गणना ८ बजेदेखि, ३ घन्टामा परिणाम आइसक्ने

By

नेपाली कांग्रेसमा नयाँ नेतृत्वको लागि भएको दोस्रो चरणको निर्वाचनको मत गणना ८ बजेदेखि सुरू हुने निर्वाचन आयोगले जनाएको छ। निर्वाचन आयोगका राधेश्याम अधिकारीका अनुसार बढीमा ३ घन्टामा मत परिणाम आइसक्ने छ।

अहिले केहीबेर अघि सकिएको मतदानमा हिजोभन्दा २८ मत कम खसेको छ। कुल ३१६१  मतदाता रहेको कांग्रेसमा ३१२० मत खसेको छ।

0 comments:

Post a Comment