कांग्रेस सभापतिमा देउवा विजयी

By

काठमाडौं-नेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवा पार्टी सभापति पदमा निर्वाचित भएका छन् । १३औं महाधिवेशनअन्तर्गत सोमबार राजधानीको राष्ट्रिय सभागृहमा सम्पन्न निर्वाचनमा कार्यवाहक सभापति रामचन्द्र पौडेललाई ५ सय २६ मतले पछि पार्दै देउवा पार्टीको नवौं सभापति निर्वाचित भएका हुन् । देउवाले १८२२ मत पाएका छन् भने निकटतम प्रतिद्वन्द्वी पौडेलको १२९६ मत छ। २२ मत बदर भएका छन्।

आइतबार भएको निर्वाचनमा पार्टी विधानको व्यवस्था अनुसार ५० प्रतिशतभन्दा बढिमत कुनै पनि उम्मेदवारले नपाएपछि सोमबार पुनः निर्वाचन भएको हो । बिहीबारदेखि जारी महाधिवेशनअन्तर्गत नेतृत्व छनोटका लागि सोमबार पुनः भएको निर्वाचनमा आइतबारभन्दा २८ भोट कम ३ हजार १ सय २० महाधिवेशन प्रतिनिधिले मतदान गरेका थिए । आइतबार भएको निर्वाचनमा ३ हजार १सय ४८ महाधिवेशन प्रतिनिधि नेतृत्व चयनमा सहभागि थिए।दुबै सक्रिय

पूर्वर्निधारीत निर्वाचन कार्यातालीका भन्दा झन्डै एक घन्टा ढिला गरी सुरु भएको निर्वाचनको परिणाम आफ्नो पक्षमा पार्न पौडेल र देउवा आइतबार जस्तै सोमबार पनि महाधिवेशन प्रतिनिधि फकाउन निर्वाचन स्थल राष्ट्रिय सभा गृहमा सक्रिय थिए । आफ्नो स्थीति मजबुत बनाउन पौडेलले नेताहरु प्रकाशमान सिंह, सशांक कोइराला, शेखर कोइराला, सुजाता कोइराला, रामशरण महतसहितका नेताहरुलाई साथै लिगेर महाधिवेशन प्रतिनिधिसँग भोट मागी रहेका थिए ।

११मतले पहिलो चरणमा नतिजा आफ्नो पक्षमा पार्न असफल भएका देउवा सोमबार भएको निर्वाचनमा साँझसम्म पनि लाइनमा बसेर भोट मागी रहेका थिए । उनलाई नेता विमलेन्द्र निधि, पूर्णबहादुर खड्का, ज्ञानेन्द्रबहादुर कार्की, सुरेन्द्र पाण्डे, प्रकाशशरण महतसहितले साथ दिएका थिए ।

त्यसअघि दोस्रो चरणको निर्वाचनको परिणामलाई आफ्नो पक्षमा पार्न दुबै प्रत्यासी बिहानै देखि सक्रियता बढाएका थिए । देउवाभन्दा ४ सय मत कम पाएका पौडेलले सभापतिको दोस्रो चरणको निर्वाचनबाट बाहिरीएका महामन्त्री कृष्णप्रसाद सिटौलालाई घरमा नै पुगेर सहयोग मागेका थिए । सिटौलाले निकटहरुसँग सल्लाह गरेर निर्णय दिने आश्वासनसहित पौडेललाई बिदा गरेका थिए ।

महामन्त्रीका प्रत्यासी शशांक कोइरालासहितका नेताहरुलाई साथै लिगेर पौडेलले देउवा निकट नेता खुमबहादुर खड्कासँग भेटेर सहयोग मागेका थिए । त्यसलगतै ४१ जिल्ला सभापतिले पौडेलको पक्षमा मतदान गर्न आग्रह गरेका थिए । उनीहरुले संयुक्त विज्ञप्ति जारी गर्दै पार्टी, लोकतन्त्र, राष्ट्र एवं अग्रगमनका लागि पौडेलको जित आवश्यक रहेको उल्लेख गरेका थिए ।

त्यस्तै, पार्टी वरिष्ठ नेता देउवाले दोस्रो चरणको निर्वाचनबाट बाहिरीएका सभापतिका प्रत्यासी सिटौलालाई निवासमा पुगेर सहयोग मागेका थिए । सिटौलाले दोस्रो चरणको निर्वाचनमा देउवालाई सहयोग गर्ने आश्वासन दिएको देउवा निकट स्रोतको दाबी छ । तर, सिटौला दोस्रो चरणको निर्वाचन पौडेल र देउवा दुबैको पक्षमा खुलेनन् ।

नयाँ नेतृत्वका लागि आइतबार भएको निर्वाचनमा सभापतिका प्रत्यासी वरिष्ठ नेता देउवाले १हजार ५सय ६४, कार्यवाहक सभापति पौडेलले १हजार १सय ६० र महामन्त्री कृष्णप्रसाद सिटौलाले ३सय २४ मत पाएका थिए । पार्टी विधानको व्यवस्था अनुसार देउवालाई पहिलो चरणमा नेतृत्व लिन ११ मत अपुग भएको थियो भने १सय मत बदर थियो । महाधिवेशनमा ३ हजार १ सय ६१ प्रतिनिधि सहभागी थिए ।

–nagariknews

0 comments:

Post a Comment