ग्यास र डिजेलमा अझै कालोबजारी

By

काठमाडौ,फागुन ३० । सरोकारवाला सरकारी निकाय जिम्मेवारीबाट पन्छिरहँदा इन्धनबजार अझै कालोबजारीको पन्जाबाट मुक्त हुन सकेको छैन । ग्यास र डिजेल अभाव नघट्दा चर्को कालोबजारी भइरहेको छ भने पेट्रोलमा समेत सरकारी अनुमतिमै चर्को मूल्यमा उपभोक्ताको ढाड सेक्ने गतिविधि रोकिएको छैन । भारतबाट इन्धन आपूर्ति बढेको समयमा आपूर्ति गरेको निजी कम्पनी विराट पेट्रोलियमले चर्को मूल्यमा राजधानीमै पेट्रोल बिक्री गरिररहेको छ । नियमनकारी निकाय भने आपसमा दोषारोपण गरेर पन्छिरहेका छन् ।

भारतीय नाकाबन्दी कालमा राजनीतिक नेतृत्वलाई प्रभावमा पारेर पेट्रोल आयात गर्ने अनुमति पाएको विराटले ३१ रुपैयाँ महँगोमा खुलमखुल्ला बेचिरहेको छ । इन्डियन आयल कर्पोरेसन (आइओसी)ले सामान्य अवस्थाकै जस्तो पेट्रोल, डिजेल र ग्यास लोड दिई इन्धन आयात वृद्धि हुँदा पनि आम उपभोक्ता कालोबजारीमै डिजेल र ग्यास किन्न बाध्य छन् । आजको नागरिक दैनिकमा खबर छ ।

0 comments:

Post a Comment