सल्यान, चैत १६ । सल्यानमा एक बालिकाको बलात्कारपछि हत्या भएको छ । एक साता अघि कालागाउँ गाविस–८ झारकाडाकी ९ वर्षकी बालिकाको बलात्कारपछि हत्या भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । बालिकाको बलात्कारपछि हत्या गरेको आरोपमा बालिकाको भिनाजु नाता पर्ने २२ वर्षका एक पुरुष पक्राउ परेका छन् ।
बालिकाको रगत बगेको र घाँटीमा निलडाम देखिएको सल्यानका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक विनोद खड्काले बताए। उनका अनुसार बालिकाको शव स्थानीय बासिन्दाले आइतबार फेला पारेर प्रहरीलाई खबर गरेपछि घटनाको बारेमा थाहा भएको हो । कालागाउँमा ससुराली गएका ती पुरुषले घरमा कोही नभएको बेला बालिकालाई घर नजिकै लगेर बलात्कारपछि हत्या गरेको प्रहरीले बताएको छ । स्थानीय सरस्वती प्राविमा कक्षा ३ मा अध्ययनरत बालिकाको शव परीक्षणका लागि जिल्ला अस्पताल ल्याइएको छ । बलात्कारका आरोपितलाई भने जिल्ला प्रहरी कार्यालय सल्यानमा राखिएको प्रहरी प्रवक्ता खड्काले बताए । -


0 comments:
Post a Comment