काठमाडौं,फागुन ३० । नेपाली कांग्रेसका नवनिर्वाचित सभापति शेरबहादुर देउवाले भ्रष्टाचार नियन्त्रण नभए चुप लागेर नबस्ने भाषण गरेका छन् । ठूलो दवाव र चलखेलका बिच साहसीक निर्णयले भ्रष्टाचारी ठहर गरिएका खुमबहादुर खड्का, चिरञ्जिवी वाग्ले जस्ता भ्रष्टाचारी पालिराखेको नेपाली काँग्रेसका सभापतीले आफैलाई शुभकामना दिन बुढानीलण्ठस्थित निवास पुगेका युवा पत्रकार समाज नेपालका पदाधिकारीसँगको भेटमा उनले कालोबजारी र भ्रष्टाचार नियन्त्रण हुन नसके नेपाली कांग्रेस चूप लागेर नबस्ने चेतावनी दिएका हुन् ।
भ्रष्टलाई पार्टीमा स्थान नदिने तथा सदस्य बन्नबाट रोक्ने सामान्य हैसियत समेत नभएका देउवाले ओली सरकारलाई चुनौति दिंदै आफु फेरी प्रधानमन्त्री बन्ने वा सरकार ढाल्न लागीपर्ने संकेत गर्दै चुप लागेर नबस्ने बताएका हुन् । तीन पटक प्रधानमन्त्री हुँदा समेत सम्झन लायक एउटा काम नगरेका शेरबहादुर देउवाले सरकारले गलत काम गर्दै गए आफ्नो पार्टी रमिते बनेर नबस्ने भाषण गर्न भ्याएका छन् ।
देउवाले कालोबजारी र भ्रष्टाचार नियन्त्रण हुन नसके नेपाली कांग्रेस चूप बस्दैन भ्रष्टाचारी सबैभन्दा बढी काँग्रेसी कार्यकर्ताको मत ल्याएर बिजयी हुने निश्चित भइरहँदा देउवाले भने ठूलो पार्टीको हैसियतले आफूहरुले जिम्मेवार र सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्छौ, सरकारका राम्रा कामलाई सहयोग र नराम्रा कामको विरोध गर्छौं ।
नाकाबन्दी खुल्ला हुँदासमेत आपूर्ति सहज हुन नसकी जनताले दुःख पाएको बताएका यिनै देउवाले भारतले नाकाबन्दी गर्दा एउटा सामान्य विज्ञप्ति समेत निकालेर बिरोध गर्न सकेनन् भने कतै भारतीय नाकाबन्दीको बिरोध गरेको समेत सुनिएन । प्रधानमन्त्री बन्नकै लागि विगतमा गिरिजा प्रसाद कोइरालासँग पार्टी फुटाएका देउवाले आफू पदको लागि नभई मुलक र जनताको पक्षमा काम गर्न आएको समेत बताए ।
तीन पटक प्रधानमन्त्री बन्दा सत्ता र कार्यकर्ता भन्दा बाहिर नदेखेका देउवाले आफुले पार्टी र जनता भन्दा अरु नदेखेको भाषण समेत गरेका छन् । स्मरणीय छ पार्टी र जनता मात्र देख्ने यिनै देउवाका श्रीमती चुनावै नजिति अघिल्लो र यो संविधानसभाको सदस्य तथा हाल सांसद रहेकी छिन् भने यिनै देउवालाई जिताउन भ्रष्टाचारी ठहर भएका खुमबहादुर खड्का भारतमा उपचार गराइरहँदा समाचारहरुमा बाहिर आए अनुसार भारतीय योजनामा यिनै देउवालाई जिताउन नेपाली काँग्रेस महाधिवेशन निर्वाचनको एकदिन अगाडी अकस्मात काठमाडौं आएका थिए ।
उनकै योजना अनुसार देउवा सभापतीमा बिजयी भएका छन् भने भ्रष्ट खुमबहादुर खड्का केन्द्रिय सदस्यमा बिजयी हुने करिव निश्चित जस्तै छ । आधुनिक प्रविधि अपनाउने बताएको र सत्ता नेतृत्व गर्ने दावि गरिरहेको काँग्रेस महाधिवेशन सकिएको ५ दिन भइसक्दा समेत लाजैमर्नेगरि केन्द्रिय सदस्यको २ हजार मत भने गनेर बसिरहेको छ । जुन अहिलेसम्म सकिएको छैन ।


0 comments:
Post a Comment