कांग्रेसको महामन्त्री र कोषाध्यक्ष पदमा सस्थापन पक्ष निर्वाचित

By

काठमाडौं,फागुन २५ । नेपाली कांग्रेसको महामन्त्रीमा बीपी पुत्र शशांक कोइराला निर्वाचित भएका छन् । भने  कोषाध्यक्ष पदमा पनि सस्थापन पक्षकै सितादेवी यादव निर्वाचित भएकी छन् । शशांकले देउवापक्षका निकटतम प्रतिद्वन्द्वी अर्जुननरसिंह केसीलाई ४ सय मतले पराजित  गरे । गगन थापा तेस्रो स्थानमा रहे । कोषध्यक्षमा  सितादेवीले १ हजार २ सय १७ र  चित्रलेखाले १ हजार २ सय ९ मत पाएका छन् ।

कृष्ण सिटौला प्यानलका उमाकान्त चौधरीले ४५७ र कृष्ण कार्कीले ६६ मत पाएका छन् । बीपी पुत्र शशांक १ हजार ४१७ मत ल्याएर विजयी भएका छन् । दोस्रो स्थानमा रहेको देउवा प्यानलका केसीले १ हजार १७ मत पाएका छन् । कृष्ण सिटौला प्यानलबाट उम्मेदवार बनेका गगन थापाले ५८४ मत पाएका छन् ।

0 comments:

Post a Comment