संस्थापनलाई चुनौति दिंदै अघि सरेका सिटौला र गगनले के पाए, के गुमाए ?

By

काठमाडौं,फागुन २६ । संस्थापनलाई चुनौति दिंदै सभापतिमा अघि सरेका कृष्णप्रसाद सिटौला पराजित भए । तर, उनको उम्मेदवारीसँगै संस्थापनका नेता रामचन्द्र पौडेल पनि पराजित भए । सिटौला समूहकै युवा नेता गगन
थापा महामन्त्रीमा पराजित भए । तर, सिटौलाको भन्दा झण्डै दोब्बर मत ल्याए । आजको नयाँ पत्रिका दैनिक यी दुवै हार्दा के राजनीतिक लाभ पाए र के गुमाए भन्दै कारण यसरी खुलाउँदैछ ।
कृष्ण सिटौलासभापतिका प्रत्याशी
१. चुनावको पूर्ण तयारी गर्न र अन्तिमसम्म प्यानल बनाउन सकेनन्, संस्थापन र देउवाका जब्बर प्यानलसाग लड्नुपर्‍यो
२. तेस्रो भए पनि महाधिवेशनअघिको संस्थापन पक्षको आफू पनि नेता भएको स्थापित गरे
३. पार्टीभित्र छुट्टै शक्ति निर्माण गर्न सक्ने हैसियत देखाए, देउवा–पौडेलसागै आफूलाई नेतात्रयको सूचीमा उभ्याए
४. अर्को महाधिवेशनका लागि बलियो दाबेदार भएको सन्देश दिए

चुनौती दिए, राजनीतिक उचाइ बढाए
गगन थापा
महामन्त्रीका प्रत्याशी
१. उम्मेदवारले स्वाभाविक रूपमा आफ्नो समूहमा भोट हाले, तर पूर्ण प्यानल नभएका गगनलाई ३१२ उम्मेदवारमध्ये अधिकांशले
भोट दिएनन्
२. महामन्त्रीमै ससुरा अर्जुननरसिंह केसीसागको प्रतिस्पर्धाले मत काटिए
३. कम उमेरमै महत्वाकांक्षी भएको आरोप लगाउने मत दिएनन्
४. तर पनि गगनले ५८४ मत ल्याए, अघिल्लो महाधिवेशनमा गगनकै शैलीमा महामन्त्रीमा लडेका नरहरि आचार्यले १५२ मतमात्रै पाएका थिए
५. पार्टीभित्र आाट गरेर विद्रोह गरे, सम्मानजनक मत पाए र अर्को महाधिवेशनका लागि जग बनाए

0 comments:

Post a Comment