सभापतिको टुंगोसँगै धेरैको ध्यान केन्द्रित अब महामन्त्रीको भिडन्त तर्फ

By

काठमाडौ,फागुन २५ । नेपाली कांग्रेसको १३ औँ महाधिवेशनवाट पार्टी नेतृत्वको टुङगोलागे सँगै धेरैको ध्यान ज्वाईं–ससुराको भिडन्त तर्फ केन्द्रित भएको छ । दोस्रो चरणको निर्वाचनवाट शेर बहादुर देउवाले स्पष्ट जित निकाले पछि महामन्त्री र कोषाध्यक्ष पदमा भएको चुनावको मतगणना पार्टी कार्यालय सानेपामा दिउँसो १ बजेदेखि सुरु हुँदैछ । महामन्त्रीमा देउवा पक्षवाट अर्जुननरसिंह केसी, सिटौंला पक्षवाट गगनकुमार थापा र संस्थापनवाट संशाक कोइराला प्रतिष्पर्धामा हुनुहुन्छ ।

केसी र थापा नाताले ज्वाईं–ससुरा पनि हुन् । कोइराला कांग्रेस संस्थापक विपी कोइरालाका छोरा हन् ।
महामन्त्रीमा कसको जित्छ भन्ने अनुमान नै लगाउन गाह्रो छ । कोषाध्यक्षमा चित्रलेखा यादव, सीतादेवी यादव, उमाकान्त चौधरी र कृष्ण कार्की प्रतिष्पर्धामा छन् । कांग्रेसको ६४ पदका लागि ३१२ जना प्रतिष्पर्धामा छन् ।

0 comments:

Post a Comment