काठमाडौं,फागुन २५ । संविधानलाई व्यवहारमा उतारौं, महिला अधिकार सुरक्षित गरौं भन्ने नारा सहित आज नेपालमा अन्तर्राष्ट्रिय महिला दिवस मनाईंदै छ । संयुक्त राष्ट्र संघले भने यस बर्षको नारा लैंगिक समानताका लागि पाईला हाराहारी, सन् २०३० सम्म हिंसा बराबरी राखेको छ । महिला दिवसको अवसरमा आज काठमाडौं सहित देशभर विभिन्न कार्यक्रम गरिंदैछ ।
सन् १८५७ को मार्च ८ मा अमेरीकामा ‘गार्मेन्ट महिलाहरुको हडताल’को संझनामा महिला दिवस मनाउने प्रचलन सुरु भएको हो । त्यस समय हडतालको मूख्य माग कामको समय १० घन्टा गरिनु पर्ने, बालश्रम बन्द हुनु पर्ने र महिला मताधिकार हुनु पर्ने रहेको थियो । जुन समयमा महिलाहरुलाई १८ घण्टा काममा लगाइने गरिन्थ्यो ।
सन् १९०८ मा ‘अन्तर्राष्ट्रिय महिला गार्मेन्ट यूनियन’को आयोजनामा अमेरीकी महिलाहरुले गरेको हड्तालको सम्मानमा अमेरीकाकै म्यानहटनमा ३० हजारको महिला र्यालि सहित पहिलो पटक ‘अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस’ मनाईयो थियो


0 comments:
Post a Comment