यू-१९ विश्वकप: टस जितेर नेपाल बंगलादेश बिरुद्व ब्याटिङ गर्दै (LIVE)

By

काठमाडौं,माघ २२ । नेपाल यू-१९ विश्वकप क्रिकेट अन्र्तगत क्वाटर फाइनलमा नेपालले बंगलादेश बिरुद्ध टस जितेर ब्याटिङ रोजेको छ । दक्षिण अफ्रिका, स्कटल्याण्ड र नामिबियालाई सजिलै पन्छाएर क्वाटर फाइनल आइपुगेको बंगलादेशसँग विरुद्ध नेपालले ब्याटिङ रोजेको हो । दशौंहजार घरेलु समर्थक, बलियो टिम, नियमीत अभ्यासको मैदानमा नेपाल बंगलादेशी टोलीमाथि सजिलै जितको लक्ष्य सहित मैदान उत्रेको छ ।

तर बंगलादेशमाथि जित्नैपर्ने दबावसँगै घरेलु मैदान र समर्थकको चर्को दबाब समेत झेल्नुपर्नेछ । औषतमा आफुभन्दा केही कमजोर मानिएको नेपाली टिमसँग हारको स्वाद चाख्नुपरेमा यो उसको लागि इतिहाँसकै नमिठो भोगाइ बन्ने छ । यता नेपाली टोलि भारतसँग तेस्रो खेलमा हार व्यहोरेपनि बंगलादेशलाई आज उसकै घरेलु मैदानमा हराउन सबै प्रयत्न गर्ने तयारीमा छ ।

अलराउण्ड प्रदर्शन गर्ने नेपाली टोलि आज बल र ब्याटिंग दुवैमा चमत्कारीक प्रदर्शन गरेर बंगलादेशलाई हराउन आतुर छ । नेपालले यसअघिका तीनखेलबाट धेरै सिकाइसँगै अनुभव बटुलेकाले आजको खेलमा बलिंगमा सुधारिएको प्रदर्शन अनि ब्याटिंगमा सुरुवाती ब्याट्सम्यानहरु कम्तिमा १० ओभरसम्म टिकेर खेल्ने हो भने नेपालको जित संभव देखिन्छ ।

लाईभ अपडेटको लागि यहाँ क्लिक गर्नुहोला ।

0 comments:

Post a Comment