काठमाडौं,फागुन १७ । नेपाली कांग्रेसका कार्यबाहक सभापति रामचन्द्र पौडेल र वरिष्ठ नेता शेरबहादुर देउवा प्यानलसहित सभापतिमा उम्मेदवारी घोषणाको अन्तिम तयारीमा जुटेका छन् । महाधिवेशन सुरु हुन तीन दिन मात्र बाँकी रहँदा दुवै नेता निकटलाई मनाएर उम्मेदवारी घोषणाको कसरतमा जुटेका हुन् । कार्यवाहक सभापति पौडेल महामन्त्री कृष्णप्रसाद सिटौला र नेतृ सुजाता कोइरालालाई फकाएर मंगलबारसम्म उम्मेदवारी घोषणाको कसरतमा छन् ।
पदाधिकारीको संख्या बढाएर निकट नेताको सहज व्यवस्थापन गर्ने प्रयास असफल भएपछि संस्थापन पक्षका नेताहरु संसदीय दल र सरकारमा नेताहरुको भूमिकालाई सुरक्षित गर्ने आश्वासनसहित सवैलाई समेट्ने प्रयासमा छन् । सुजातालाई फकाउन शशांक र शेखर कोइरालालाई अघि सारेका पौडेल सिटौलालाई संसदीय दलको नेतामा मनाउने प्रयासमा छन् । पदाधिकारी संख्या बढाएर महिला उपसभापतिमा आफ्नो स्थान सुरक्षित गर्ने रणनीतिमा रहेकी सुजातालाई पौडेलले सरकारको उपप्रधानमन्त्री बनाउने आश्वासनपछि शनिवार नै सभापतिको प्रत्याशी बन्ने घोषणा गरेकी थिइन् । आजको नागरिक दैनिकमा खबर छ ।


0 comments:
Post a Comment