काठमाडौं,माघ २९ । प्रमुखतीन दल र मधेसी मोर्चाको कार्यदलबीच प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठक सकिएको छ । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण अघि नै सीमांकनमा देखिएको बिवाद मिलाउन उच्चस्तरिय राजनीतिक संयन्त्र बनाउने सहमति भएको छ । त्यसको कार्यक्षेत्र भने टुंगो नलागेको कार्यदलमा सहभागि एक नेताले बताए । संयन्त्रको कार्यक्षेत्रका विषयमा कार्यदलले प्रमुख दलका शीर्ष नेताहरुसँग छलफल गर्ने र मधेसी मोर्चापनि आन्तरिक छलफलमा जुटेर अर्को बैठक बस्ने नेताहरुबीच सहमति भएको छ।
बैठकमा नेताहरु प्रधानमन्त्रीको भारतभ्रमणअघि नै सीमांकनमा देखिएको समस्या सल्टाउनका लागि अधिकतम पहल गर्न तयार भएका छन्। यसै विषयमा छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले अपरान्ह प्रमुख दलहरुको बैठक डाँकेका छन्।


0 comments:
Post a Comment