काठमाडौं,फागुन १४ । काण्ठमण्डप एयरको विमान दुर्घटनामा परी मृत्यु हुने को–पाइलट एमाले नेता तथा पूर्वमन्त्री दलबहादुर रानाका कान्छा छोरा हुन् । नेपालगंजबाट जुम्लाका लागि उडेको काष्ठमण्डप एयरको विमान कालिकोटमा आज दुर्घटना भएको थियो । दुर्घटनामा परी पाइलट दिनेश न्यौपाने र को–पाइलट सन्तोष रानाको मृत्यु भएको छ । मृत्यु हुने को–पाइलट राना एमाले नेता तथा पूर्वभूमिसुधारमन्त्री दलबहादुर रानाका कान्छा छोरा हुन् ।
११ महिनादेखि सन्तोष काण्डमण्डप एयरमा कार्यरत थिए । फिलिपिन्सबाट पाइलट कोर्स गरेका राना कम बोल्ने र मिजासिला भएको उनका साथीहरु बताएका छन् । जहाज दुर्घटनाको समाचार पाएपछि एमाले नेता राना नेपालगन्ज पुगेका छन् । उनका जेठा छारो ब्रिटिस आर्मीमा कार्यरत छन् ।


0 comments:
Post a Comment