दबाबमुलक आन्दोलनको तयारी गर्ने मधेसी मोर्चाको निर्णय

By

काठमाडौं,फागुन १५ । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले नयाँ चरणको आन्दोलनको तयारी गर्ने निर्णय गरेको छ । संघीय समाजवादी फोरम नेपालको कार्यालयमा शनिबार बसेको बैठकले दबाबमुलक आन्दोलनको तयारी गर्ने निष्कर्ष निकालेको हो । आन्दोलनको लागि मोर्चाले सचिवालय विस्तार गरेको छ । मोर्चामा थपिएकमा तीन दललाई समेटेर सचिवालय विस्तार गरिएको हो । बैठकले ११ बुँदे माग सम्बोधन लगायतको माग राख्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापन पत्र बुझाउने निर्णय गरेको छ ।

यसअघि घोषणा गरिएका आन्दोलनका कार्यक्रमहरु फागुन ७ मा सकिएपछि मोर्चाले नयाँ रणनिति बनाउँन बैठकको आह्वान गरेको हो । बैठकमा आन्दोलनका क्रममा घाइते भएकाहरुको उपचार खर्च, मृतकलाई सहिद घोषणा तथा न्यायिक आयोग गठन गर्न सरकारलाई दवाव दिनेबारेमा पनि छलफल भएको छ ।

0 comments:

Post a Comment