काठमाडौं,फागुन १५ । एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले एमाओवादी परित्याग गरी नयाँ शक्ति गठन गरेका बाबुराम भट्टराई माओवादी भएकै कारणमात्र चुनाव जितेको बताएका छन्। शनिबार गोरखा सदरमुकाममा पत्रकारसँग कुरा गर्दै प्रचण्डले डा। भट्टराईलाई अब उनकै गृह जिल्ला गोरखाबाट चुनाव जितेर देखाउन चुनौती दिएका छन् ।
यसअघिको निर्वाचनमा उनले नभई एकीकृत माओवादीले चुनाव जितेको भन्दै प्रचण्डले भने, ‘बाबुरामजीलाई लागेको हुनसक्छ, मैले जितेको हुँ । त्यो जीत उहाँको हैन, पार्टीको हो । अब जितेर देखाउनुस् ।’ बाबुराम भट्टराईप्रति आक्रामक देखिएका दाहालले भट्टराईले गारखाली जनतालाई धोका दिएको बताए। देशमा थुप्रै पिएचडी गरेको व्यक्ति जागिर नपाएर हिँडिरहेको बताउँदै दाहालले चुनाव जिताएर पठाएका जनतालाई एक पटक पनि नसोधी पार्टी छाड्ने कामले मतदातालाई कुठराघात गरेको आरोप लगाए।


0 comments:
Post a Comment