गुहावटी, फागुन १ । १२औं दक्षिण एसियाली खेलकुद साग अन्तर्गत नेपाली पुरुष फुटबलले फाइनल प्रवेशका लागि माल्दिभ्सबीचको भिडन्त आज हुदैछ । खेल नेपाली समयअनुसार साँझ सवा सात बजेपछि नेशरु स्टेडियममा हुनेछ बंगलादेशमा भएको बंगबन्धु गोल्डकपमा नवयुग श्रेष्ठको ह्याट्रिक मद्दतमा नेपालले माल्दिभ्सलाई ४–१ को फराकिलो अन्तरले पराजित गरेको थियो । नेपाली टिमका प्रशिक्षक राजुकाजी शाक्यले माल्दिभ्सविरुद्वको खेललाई फाइनलकै रुपमा लिने बताएका छन् ।


0 comments:
Post a Comment