बाबुरामको छोरीको विहेमा भारतीय,चिनीयाँ राजदूत देखि विशिष्ट व्यक्तिको लर्को (फोटोफिचर)

By

काठमाडौं,फागुन १ । नयाँ शक्तिका नेता डा. बाबुराम भट्टराईले जनवादी शैलीमा आफ्नी छोरी मानुषी यामी भट्टराईको  बिहे गरिदिएका छन् । भट्टराईले एक्ली सन्तान मानुषीको शनिबार सानेपास्थित निवासमा जनवादी विवाह गराएरका हुन् ।  उनले नयाँ शक्तिमा क्रियाशिल तनहुँको रिसिङका जेकेन्द्र श्रेष्ठलाई ज्वाईं बनाएका छन् ।

अन्य माओवादी पार्टीहरु २१ औं जनयुद्ध दिवस मनाउन ब्यस्त भइरहँदा एमाओवादी छाडेका नेता भट्टराईले एक मात्र छोरी अन्माउन ब्यस्त भएका हुन् । बिहेमा नयाँ शक्तिका संयोजक एवं पूर्वप्रधानमन्त्री डा. भारतीय राजदूत रञ्जित रे, चिनीयाँ राजदूत वु चुन्ताई, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्की, प्रधानसेनापति राजेन्द्र क्षेत्री, राष्ट्रिय मानवअधिकार आयोगका सदस्य प्रकाशचन्द्र वस्ती, दमननाथ ढुंगाना लगायतको उपस्थिति रहेको थियो ।

12494915_746620012142178_8851079441347689251_n 12669613_746619398808906_5064435768078282581_n 12688012_746619538808892_2549124270145369923_n 12715670_746619685475544_6393220803685131970_n 12733370_746619472142232_5678057981037335237_n 12733639_746619668808879_8035388677081146515_n

0 comments:

Post a Comment