अमेरिकाबाट कांग्रेस महाधिवेशनमा सात प्रतिनिधिको नाम छान्यो

By
न्यूयोर्क,अमेरिका,फेब्रुअरी २१ , नेपाली जनसम्पर्क समिति अमेरिकाले आज सात जना  महाधिवेशन प्रतिनिधि  नाम सार्वजनिक गरेको छ। नेपाली कांग्रेसको भातृ संगठन जनसम्पर्क समितिले ७ जना महाधिवेशन प्रतिनिधि चयन गर्न पाउंछ ।
महाधिवेशन प्रतिनिधि छनौट हुनेमा  गोरख (आनन्द) विष्ट, वेद खरेल, विष्णु सुवेदी, प्रमोद सिटौला, विद्यासागर योञ्जन, हेमराज भट्ट र महिलामा माया कडायतलाई चयन गरिएको छ । विष्ट, योञ्जन, भट्ट देउवा पक्षधर भनेर चिनिएका हुन् । यसैगरी तीन जना महासमिति सदस्यमा सभापति विष्टसहित पूर्व संयोजक एवं समितिका केन्द्रीय सदस्य सुवेदी र संगठन विभाग प्रमूख केन्द्रीय सदस्य वेदप्रसाद खरेल चयन भएका छन् |
जनसम्पर्क सिमिति भित्रै विधान अनुसार महाधिवेशन प्रतिनिधि छनौट नगरिएको विवाद पनि उठेको छ । समितिकै  उपाध्यक्ष लगायत पदाधिकारीले अपारदर्शीरुपमा कांग्रेस पार्टीको नियम विपरित महाधिवेशन प्रतिनिधि छनौट गरेको आरोप लगाएका छन् ।
–हिमालय खबर

 

0 comments:

Post a Comment