काठमाडौं,फागुन ९ । प्रेस चोतारी नेपाल काठमाडौं जिल्लाको सबै कार्यसमिति निर्विरोध चुनिएका छन् । राजधानीमा आइतबार सम्पन्न चौथो अधिवेशनवाट सबै पदाधिकारी निर्विरोध निर्वाचित भएको हुन । अध्यक्षमा लाकेन्द्र केसीको नेतृत्वमा १९ सदस्यीय कार्यसमिति निर्वाचित भएका छन् । जसमा उपाध्यक्ष विष्णु आचार्य,सचिव उद्धव थापा,सहसचिव संगम महत र कोषाध्यक्षमा मुकुन्द भुसाल निर्वाचित भएका छन् । त्यसैगरी सदस्यहरुमा प्रमोद पोखरेल,पुण्यराज पुडासैनी,आषिश श्रेष्ठ,पूर्णबहादुर कार्की,राधेश्याम तिमिल्सिना,दीपेश थापा मगर,श्यामराज पाठक,काजीबहादुर बस्नेत(रविन),ज्योति जिसी लगायत रहेका छन् ।


0 comments:
Post a Comment