काठमाडौं,माघ १९ । बंगलादेशमा जारी यु १९ विश्व क्रिकेटको क्वाटरफाइनलमा नेपाल र आयोजक बंगलादेशबीच भिडन्त हुने भएको छ । मंगलबार समूह ए अन्तरगतको अन्तिम खेलमा नामाबियालाई पराजित गर्दै बंगलादेश समूह विजेता बनेपछि नेपालसँग भिडन्त हुने पक्का भएको हो ।
समूह डी को उपविजेताको रुपमा अन्तिम ८ मा स्थान बनाएको नेपालले समूह ए को विजेता बंगलादेशसँग सेमिफाइनलमा प्रवेशका लागि आउँदो शुक्रबार खेल्ने छ । समूह ए को उपविजेता नामिबियाले समूह डी को विजेता भारतसँग खेल्ने छ ।


0 comments:
Post a Comment