काठमाडौं,माघ २० । उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपाल पुनः फुटको संघारमा पुगेको छ । पार्टीका प्रभावशाली नेता रिजवान अन्सारीको संयोजकत्वमा १४ सदस्यीय विचार समूह गठन भएसँगै पटक–पटक फुट्दै आएको संघीय समाजवादी फोरम नेपाल पुनः फुट्न लागेको हो । नेतृत्वपंक्तिको कार्यशैलीप्रति असन्तुष्टि राख्दै असन्तुष्टहरुले पार्टीभित्रै ‘संघीय नव विचार समूह’ गठन गरेका छन्। फोरम अध्यक्ष उपेन्द्र यादव कार्यशैलीप्रति असन्तुष्ट नेताहरुले नयाँ समुह बनाएका हुन्।
संघीय नव विचार समुहमा रिजवान अन्सारी (सर्लाही)– संयोजक, वीरबहादुर लामा (मकवानपुर)–सदस्य, नोरशाङ शेर्पा (दोलखा)–सदस्य, राजकुमार यादव (पर्सा)–सदस्य, रामेश्वरप्रसाद यादव (रौतहट)–सदस्य, बाबुराम भुषाल (बर्दिया)–सदस्य, विश्वदीप लिङ्देल (झापा)–सदस्य, नवीन्द्रकुमार योञ्जन (सिन्धुपाल्चोक)–सदस्य, देवेन्द्र राई (इलाम)–सदस्य, मेम्बर लो (मकवानपुर)–सदस्य, शम्भु चौधरी (बारा)–सदस्य, उपेन्द्र साह(महोत्तरी)–सदस्य, रामेन्द्र साह (सर्लाही)–सदस्य, कलामुद्दीन मदनी (बारा)–सदस्य रहेका छन्।


0 comments:
Post a Comment