कांग्रेस उपसभापति पौडेल चन्दा संकलनतिर

By

काठमाडौं,माघ २० । आसन्न महाधिवेशनमा सभापतिको दाबी गर्दै देश दौडाहामा लागेका उपसभापति रामचन्द्र पौडेलले चन्दा संकलन शुरु गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत भावी सभापतिको दाबी गर्दै विभिन्न स्ट्याटस लेख्दै अाएका पौडेलले हालसम्म १ हजार १ सय ३ पाउन्ड संकलन भइसकेको बताएका छन् । अन्तिममा उपसभापति पौडेलले सभापति पद छोड्ने धेरैले अनुमान गरिरहेका बेला उनले सामाजिक सञ्जाल मार्फत सभापति बन्ने अभियानलाई अझ सशक्त बनाउँदै चन्दा संकलन सुरु गरेको आजको नेपाल समाचारपत्रले छापेको छ । भ्रष्टाचार वा गलत तरिकाले जम्मा गरेको पैसाले गलत नेतृत्व स्थापना गर्छ भन्दै उपसभापति पौडेलले स्वच्छ प्रतिस्पर्धा र पारदर्शी नेतृत्वको लागि भन्दै ‘सयौँ हात’ अभियान अन्तर्गत चन्दा संकलन गरेका हुन् ।

0 comments:

Post a Comment