एसिया कपमा क्रिकेट:बंगलादेशसँग श्रीलंका पराजित

By

काठमाडौं,फागुन १७ । एसिया कपमा क्रिकेटमा अयोजक बंगलादेशले दोस्रो जित हात पारेको छ । आईतवार मिरपुरमा भएको खेलमा विश्व च्याम्पियन श्रीलंकालाई २३ रनले हराउँदै बंगलादेशले दोस्रो जित निकालेको हो । यो जित श्रीलंका बिरुद्ध बंगलादेशले अन्तर्राष्ट्रिय टि २० हासिल गरेको पहिलो जित हो ।
बंगलादेशले दिएको १५८ रनको लक्ष्य पछ्याएको श्रीलंका २० ओभरमा ८ विकेट गुमाएर मात्र १२४ रनमै सिमित भए पछि बङ्लादेशले शनसनीपुर्ण जित निकालेको हो । श्रीलंकाको लागि दिनेश चण्डीमलले ३७ र शेहान जयसुर्याले २७ रन बनाए पनि आफ्नो टिमलाई जित दिलाउन भने सकेनन् । बङ्लादेशी बलर अल अमिनले ३ शाकिब अल हशनले २ तथा मुस्तिफिजुर रेहमान मोस्रफे मोर्तजा र महम्दुल्लाले समान १र१ विकेट लिए ।

यसअघि मिरपुरमा टस जितेर पहिले ब्याटिङ गर्दै बङ्लादेशले निर्धारति २० ओभरमा ७ विकेट गुमाएर १५७ रन बनाएको थियो । बङ्लादेशका लागि सबिर रेशमानले ८० रन बनाए । उनी खेलको म्यान अफ द म्याच समेत ।
प्रतियोगितामा आज पाकिस्तान र युएई भिड्नेछन् ।

0 comments:

Post a Comment