भंसार छली ल्याएको कुखुराको चल्ला बरामद

By

बर्दीया,फागुन १० । इलाका प्रहरी कार्यालय मोतिपुरबाट खटिएको प्रहरी टोलीले आइतबार सोरहवा–५ दक्षिणभकारीमा भारतबाट भंसार छली ल्याएको ८९ कार्टुन बोइलर कुखुराको चल्ला ८ हजार ४ सय ५५ वटा सहित भे.१ क ५२८ गाडी र चालकलाई नियन्त्रणमा लिएको छ ।

यसैगरी इलाका प्रहरी कार्यालय मैनापोखरबाट खटिएको प्रहरी टोलीले आइतबार सोरहवा–७ सिमरा चोकमा भारतबाट भंसार छली ल्याएको अवस्थामा २० कार्टुनमा रहेको ३ हजार वटा बोइलर कुखुराको चल्लाहरु बरामद गरेको छ ।

0 comments:

Post a Comment