प्रधानमन्त्री कार्यालयमै थन्कियो ‘द्रुतगति’को ऊर्जा कार्ययोजना

By

काठमाडौं,फागुन १७ । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयबाट ऊर्जा मन्त्रालयको दूरी ५० मिटर पनि छैन। तर १० दिनअघि मन्त्रिपरिषदबाट पारित ऊर्जा संकटकालको अबधारणा र कार्ययोजनाको निर्णय अझै मन्त्रालय पुगेको छैन। प्रधानमन्त्री केपी शर्मा ओली र उपप्रधान एवं ऊर्जामन्त्री टोपवहादुर रायमाझीले ऊर्जामा विगतको कछुवा गति चरम ऊर्जा संकटको कारण ठहर गर्दै अब द्रुतगतिमा अघि बढाउनका लागि कार्ययोजना र अबधारणा ल्याएको बताइरहेका बेला १० दिनअघि पारित निर्णय ऊर्जा मन्त्रालय नपुगेको हो।

६ फागुनमा मन्त्रिपरिषदले १० वर्षभित्र १० हजार मेगावाट विद्युत उत्पादन गनेए लक्ष्यसहितको राष्ट्रिय ऊर्जा संकट निवारण तथा विद्युत विकास दशकसम्बन्धी अबधारणा पत्र एवं कार्ययोजना पारित भएको थियो। राजधानी दैनिकमा समाचार छ।

0 comments:

Post a Comment