प्रहरी अप्रेसनको विरोधमा उत्रिए म्यानपावर व्यवसायी,सम्पूर्ण म्यानपावर बन्द

By

काठमाडौं,फागुन १३ । प्रहरीले छापा मारेको विरोध गर्दै म्यानपावर व्यवसायीहरुले राजधानीका सम्पूर्ण म्यानपावर कम्पनीहरु आज वाट कार्यालय बन्द गरेका छन् । ठगी गरेको भन्दै महानगरीय अपराध महाशाखाले उपत्यकाका १८ वटा म्यानपावरमा बुधवार छापा मारेको थियो । छापा मारेपछि वैदेशिक रोजगार व्यवसायी महासंघले आजबाट सम्पूर्ण म्यानपावर बन्द गरी कामकाज ठप्प पारेको छन् ।

उक्त विरोधसँगै यसअघि नै प्रवेशाज्ञा पाइसकेका कामदारहरु सातदिनभित्र पठाउने र अरु कुनै पनि काम नगर्ने नेपाल वैदेशिक रोजगार व्यवसायी संघले जनाएको छ । वैदेशिक रोजगार व्यवसायी संघले म्यानपावर कम्पनीहरुमा छापा मार्ने अधिकार प्रहरीलाई नभएको बताउँदै आक्रोशित भएका छन् । उपत्यकामा ६ सय २५ भन्दा बढी म्यानपावर कम्पनी छन्।

0 comments:

Post a Comment