गुजरातमा ओलीको सम्मान,नेपाली झण्डाको अपमान

By

काठमाडौं,फागुन ११ । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वागतको नाममा भारतले नेपाली झण्डाको अपमान गरेको छ । भारत भ्रमणमा रहेका प्रधानमन्त्री केपी ओली गुजरातमा भएको भूकम्पपछिको पुनर्निर्माण अवलोकनका भुज पुगेका ओलीलाई स्थानीयले बाजागाजासहित स्वागत गरेपनि ठाँउ ठाँउमा रायखिएको झण्डाको भने अपमान गरेको हो ।

भारत भ्रमणको पाँचौ दिन ओली गुजरातका विभिन्न भागको अवलोक गर्न गुजरात राज्यमा पुग्दा ओलीलाई गुजरातका गभर्नर ओपी कोह्लीले भुज विमानस्थलमा स्वागत तथा अभिवादन गरेका थिए । भारतको गुजरात मोदीले राजनीतिक उठान गरेको क्षेत्र हो ।

गुजरातलाई भारतको विकासको केन्द्र समेत मानिन्छ । मोदीकै सक्रियता र आग्रहमा ओली गुजरात पुगेका हुन् । ओलीको स्वागतमा गुजरातमा राखिएको जण्डा नै उल्टो पारिएको र झण्डा नै गलतरुपमा तयार गरिएको देखियो । तीन कुने नेपाली झण्डालाई सामान्य चार कुनेरुपमा तयार पारिएको छ । गुजरातमा पुगेका ओलीले भूकम्पपछि पुनस्थापना भएका बस्तीको अवलोकन समेत गरेका छन् । ओली गुजरात पछि मुम्बई पुग्दै छन् । ओलीले मुम्बईमा बलिउड कलाकारसँग भेटघाट गर्ने कार्यतालिका रहेको नेपाली दूतावासले जनाएको छ ।

0 comments:

Post a Comment